जिल्ला प्रशासनलाई जीवन विकासकाे सहयोग

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १९:५८

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएकाे जिल्ला प्रशासन कार्यालय माेरङलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रिन्टर सहयोग गरेको छ ।

कार्यालयकाे सेवा सञ्चालनका लागि बिहीबार ३ वटा प्रिन्टर सहयाेग गरेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामाेदर रेग्मीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सहयाेग सामग्री हस्तान्तरण गरे ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय माेरङका सबै संरचना जलेर ध्वस्त भएको थियाे । ध्वस्त संरचना मर्मत गरि प्रशासनकाे सेवा प्रवाहका लागि विभिन्न संस्थाले सहयाेग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.