
काठमाडौं । देशका केही स्थानमा आज शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको पूर्वानुमान छैन ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

























