पहिराे हटेपछि खुल्याे मुग्लिङ–नारायणगढ सडक

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार ०६:४६
फाइल फाेटाे

काठमाडौं । पहिराे हटाएपछि मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला पुलनजिकै पहिरो खस्दा दुई दिनअघिदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएर बिहीबार रातिदेखि यातायात आवागमन सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ठूलो पहिरो गएपछि मंगलबार दिउँसोदेखि सो सडकखण्ड अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.