
काठमाडौ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट लुटिएका हतियार बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुराेध गरेकाे हाे ।
सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग हराएका हातहतियार फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

























