शिक्षकलाई तलब नदिए कारबाही हुन्छ : शिक्षामन्त्री

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार ०९:०५
mahabir

विराटनगर । दसैँमा शिक्षकको तलब भुक्तानी नगरे कारबाही गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले चेतावनी दिएका छन् । उनले तलब भुक्तान नगरेका विद्यालयलाई आइतबारसम्म तलब भुक्तानी गर्ने समय दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ–तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना( दसैँ(तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.