कोशीले एक वर्षअघि नै सुरु गरेको थियो डिजिटल प्रणाली

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार १३:४९

विराटनगर । कोशी प्रदेश सरकारले एकवर्ष अघि नै सुरु गरेको डिजिटल प्रणाली शुक्रबारबाट संघीय सरकारकाे अर्थ मन्त्रालयले पनि सुरु गरेको छ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार प्रणालीको उद्घाटन गरे । उद्घाटनपछि उनले अर्थ मन्त्रालयका सबै टिप्पणी ९मेमो० डिजिटल प्रणालीमार्फत स्वीकृत हुने जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव एकदेव अधिकारीका अनुसार एक वर्षअघि देखि नै प्रदेश सरकारको दर्ता, चलानी, टिप्पणी पत्राचारलगायत सबै काम डिजिटल प्रणालीबाट भएको छ ।

कोशी प्रदेशमा २०८१ साल साउन १५ बाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली दर्ता चलानी सुचारु गरेको थियो ।

‘हामीले एक वर्षअघि नै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली दर्ता चलानी सुचारु गरेका छौं, यसले कार्यालयको कामका लागि सजिलो र छिटा छरितो भएको छ,’ अधिकारीले भने,‘ संघले भन्दा प्रदेशले अगाडि नै सुरु गरेको थियो ।’ कार्यालयहरुलाई कागजरहित बनाउनका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली दर्ता चलानी प्रभावकारी हुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.