
विराटनगर । झापाको भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ।
आफ्नै घरमा रागाँकाे मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले उनको बायाँ खुट्टा काटिएको थियो ।
गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियाे । उपचारका क्रममा साेमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

























