सर्लाहीमा माटाेकाे ढिस्काेले पुरिएर चार जनाकाे मृत्युु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १५, बुधबार १३:००
पशुपतिको बालुवाखानी

बरहथवा । सर्लाहीको हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर बुधबार बिहान चारजनाको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षीया नर्गिस खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका सिंहले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.