दसैँकाे टीकाकाे दिन झापामा दुर्घटना : दुईको मृत्यु,१३ जना घाइते

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १७, शुक्रबार ०९:१३
फाइल फाेटाे

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टि–स्टेट अगाडि बिहीबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र.१-०१-००१ ख ४४५९) अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सुनसरी इटहरी–११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङ रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरी (बसको कन्टेक्टर) को मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

इटहरीका गुलसन राज शर्मा, उनकी श्रीमती अंकिता शर्मा र छोरी मनसुइ शर्मा, बिनु शर्मा, सहचालक सोमकुमार भुजेल, गंगा लिम्बु, सुहाना लिम्बु, मेङ्सो लिम्बु, अनुषा भट्टराई, मन्जु खतिवडा, राधिका खतिवडा र राकेश लिम्बुलगायत घाइते रहेका छन् ।

घाइतेहरुमध्ये केहीको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको छ भने अन्यलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.