
काठमाडौं । मनपरि हवाई भाडा लिएको गुनासो पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम् भाडादर निर्धारण गरेकाे छ ।
चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको हाे ।
प्राधिकरणका अनुसार काठमाडौं विराटनगर अधिकतम् भाडा ९ हजार ७८५ तय भएको छ ।
काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।
काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।


























