
विराटनगर । मनसुन सक्रिय भई आगामी असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा (आरिघोप्टे) हुने सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा जिल्ला विपद व्यवस्थापन समिति माेरङको बैठकले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
असोज १७ गते बसेको समितिको बैठकले बाढी, डुबान, कटान र भूक्षयको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
बैठकले जरुरी काम नपरी घर बाहिर ननिस्कन, राति जोखिमयुक्त सडकमा यात्रा नगर्न र बाढी, डुबान वा अन्य जोखिम भएमा नजिकको प्रहरी, वडा कार्यालय वा स्थानीय पालिकामा तत्काल खबर गर्न आग्रह गरेको छ ।

























