
विराटनगर । काेशी नदीमा पानीकाे बहाव केही घटेपनि जाेखिम भने यथावत् रहेकाे छ ।
आइतबार काेशी ब्यारेजमा ५ लाख ३३ हजार ५४० क्युसेक पानीकाे बहाव थियाे । ब्यारेजका ५६ ढाेका खुला गरिएको थियोे ।
आज साेमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेक बहाव मापन भएको छ । ५६ ढाेका खुला रहेकाे छ ।
लगातारकाे वर्षाका कारण नदीमा अझै उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

























