
विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काेशी प्रदेशमा विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
काेशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार प्रदेशभर पाँच स्थानमा सडक अवरुद्ध भएका हुन् ।
उदयपुरको कटारी नगरपालिका–१४ मा पर्ने सिद्धिचरण लोकमार्गका तीन ठाउँमा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
इलामको इलाम–९ मा मेची राजमार्गको एक स्थानमा र धनकुटाको तमोर करिडोरको एक स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यातायात सञ्चालनकाे प्रयास भइरहेको छ ।

























