अवरुद्ध मेची राजमार्ग सञ्चालनमा अझ आउन ४ दिन लाग्ने

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २०, सोमबार १५:५३

झापा । लगातारको वर्षापछि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आउन कम्तीमा ४ दिन लाग्ने भएको छ ।

माई खोलास्थित सडकमा बाढीले क्षति पुर्‍याएपछि आवागमन रोकिएको हो । झापासँगको सीमा क्षेत्र जोर कलशदेखि माई खोलासम्म सडकको अधिकांश भाग सुरक्षित भए पनि माईखोलामा बाढीले सडक बगाएपछि यातायात सञ्चालन गर्न समय लाग्ने बताइएको छ ।

सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि विभिन्न स्थानमा पहिरो खस्ने र बाटो बग्ने घटनाका कारण मर्मतमा समय लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । राजमार्ग सञ्चालनमा आउन कम्तीमा ४ दिन लाग्ने बताइएको छ ।

बिब्ल्याँटे क्षेत्रमा मर्मत कार्य सुरु भइसकेको र त्यसपछि माई खोलासम्म काम विस्तार गरिने मन्त्रालयले जानकारी दिएको छ ।

साखेजुङको पुवाखोला नजिकै सडक बगेको छ भने राक्सेदेखि सुकेटारसम्मको सडकमा भने खासै क्षति नभएको मन्त्रालयको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.