न्यायालयको सेवा सुरु गर्न बारकाे माग

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १८:२८

काठमाडौं । जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको न्यायालयको सेवा अविलम्ब सुरु गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतसहित सम्पूर्ण अदालतका काम, कारबाही नियमित रुपमा सञ्चालन गर्न माग गरेका हुन् । स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टा भएको भन्दै बारले भर्त्सना गरेको छ ।

‘स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिकाको मान्यता राख्ने यस उपर हुने कुनै पनि जोर जुलुम, जबर्जस्ती, हमला एवं अवैधानिक गतिविधिको नेबाए सख्त विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको न्यायसम्बन्धी हकको प्रचलन कुनै पनि क्षण अवरुद्ध गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’

“देश जतिसुकै कठिन मोडमा रहँदासमेत कानुनको शासनको आधारभूत मानकलाई बेवास्ता गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वच्छ सुनुवाइसहितको मानव अधिकारको आधारभूत मापदण्डलाई पालना गर्नु राज्यको प्रथम दायित्व हो भन्ने स्मरण गराउन चाहन्छौँ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.