साइबर ब्युरोमा महेश बस्नेतमाथि केरकार

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २२, बुधबार ११:२८

काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछ गरेको छ । साइबर क्राइमको आरोप लागेका उनलाई बुधबार बिहान सोधपुछ गरेको हो ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर, अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

ब्युरोले बस्नेतलाई बोलाएपछि उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.