माइतीघरबाट १६ जना जेनजी पक्राउ

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २३, बिहीबार १२:५९

काठमाडौं । माइतीघर मण्डलाबाट प्रहरीले १६ जना जेनजीलाई पक्राउ गरेको छ । प्रहरीले छानी–छानी जेनजीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह, सञ्जीव दाहाललगायत छन् । उनीहरु प्रदर्शनका लागि भनेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका थिए । पक्राउ परेकालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भुसाल नेतृत्वको समूह भेला भएको थियो । शान्तिपूर्ण प्रदर्शन र कोणसभा मात्रै गर्ने भनेर उनीहरुले बताए पनि प्रहरीले पक्राउ गरेको हो । हस्तक्षेप गरेर शान्तिपूर्ण कार्यक्रममा रोक लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.