
काठमाडौं । वर्तमान सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाएको छ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाका लागि खटिएको जनशक्ती घटाएको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार ओली सुरक्षामा खटिएका २७ र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएको हो ।

























