
काठमाडौं । यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रममा छ । जसले गर्दा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । स्थानीय वायुको प्रभाव पनि कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
पश्चिमी, मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेका कारण धेरै स्थानमा वर्षाको सम्भावना छैन ।
विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

























