मोरङ अदालतमा उजुरी दर्ता र मिलापत्रका काम सुचारू

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २४, शुक्रबार १९:२७

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला अदालत मोरङले प्रतिउत्तरपत्र र मिलापत्रसहित आङ्शिक सेवा सुरु गरेको छ ।

मोरङ जिल्ला अदालतले आज सूचना जारी गर्दै प्रतिउत्तरपत्र र मिलापत्रसहित फिरादपत्र दर्ता सुरू गरेको जनाएको छ ।

आगजनीका कारण जलेका चालु तथा फैसला भएका मिसिलहरूको यकिन विवरण सङ्कलन गर्ने कार्य पनि जारी रहेको अदालतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.