मनसुन बाहिरियो, तर काेशीका केही स्थानमा वर्षाकाे सम्भावना

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार ०६:३८

विराटनगर । नेपालबाट याे वर्षकाे मनसुन बाहिरिएको छ । शुक्रबारबाट मनसुन बाहिरिएको हाे । मनसुन बाहिरिए पनि केही स्थानमा वर्षाकाे सम्भावना छ ।

कोशी प्रदेशका एकदुई स्थानमा मात्रै वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.