
झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ ।
मानव सेवा आश्रममा शिवसतासी नगरपालिकाले उद्धार गरी पठाएका ५३ वर्षीय आश्रेफुल मुस्लिमको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार आश्रममा सुतिरहेको अवस्थामा मुस्लिमको मृत्यु भएको हो ।
मृतक मुस्लिमलाई असोज २० गते शिवसतासी नगरपालिकाले सडकबाट उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो ।
योसँगै करिब एक वर्षको अवधिमा उक्त आश्रममा ११ जना आश्रित व्यक्तिको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।























