भीआईपीलाई मापदण्डविपरीत सुरक्षाकर्मी, २ सय ७१ जना फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १६:२९

काठमाडौं । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्डविपरीत सुरक्षाकर्मी खटाएको पाइएको छ । मापदण्डविपरीत खटाइएका २ सय ७१ सुरक्षाकर्मीलाई फिर्ता गरिएको छ ।

गृहमन्त्रीस्तरीय असोज २३ गतेको निर्णय अनुसार सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । नेतालगायतको सुरक्षमा खटाइएका सुरक्षाकर्मी यसअघिदेखि नै फिर्ता गर्न थालिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले नेपाल प्रहरीका १ सय ७४ र सशस्त्र प्रहरीका ७४ जनालाई फिर्ता बोलाइएको जानकारी दिए ।

Advertisement

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने उल्लेख छ । तर, मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरुले मापदण्डविपरीत राखेका सुरक्षाकर्मी फिर्ता गरिएको काफ्लेले बताए । फिर्ता भएका सुरक्षाकर्मी अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.