जाँचबुझ आयोगले माग्यो जेनजी प्रदर्शनमा भएको क्षतिको विवरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १९:४९

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएको आगजनी, तोडफोडलगायतका घटनाबारे अध्ययन गर्न बनेको जाँचबुझ आयोगले क्षतिको विस्तृत विवरण माग गरेको छ ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको भौतिक तथा आर्थिक क्षतिको यथार्थ विवरण पठाउन अनुरोध गरेका हुन् । विज्ञप्तिमा आयोगले भनेको छ, ‘भदौ २३ र २४ गतेका घटनाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगको इमेल ठेगानामा पठाउनु हुन अनुरोध छ ।’

Advertisement

आयोगले घटनालाई पुष्टि गर्ने प्रमाणका रूपमा उपलब्ध श्रव्यदृश्य, फोटो, र कागजातहरू पनि पठाउन आग्रह गरेको छ । आयोगले हुलाकमार्फत पनि विवरण पठाउन सकिने व्यवस्था गरेको छ ।

तर, हुलाकबाट पठाइएका विवरणहरूको सफ्टकपी अनिवार्य रूपमा आयोगको इमेलमा पठाउनुपर्ने जनाइएको छ । यसरी मागिएको विवरणमा क्षतिको स्वरूप, समय, स्थान, अनुमानित मूल्य, कारण र संलग्न पक्षहरूबारे स्पष्ट विवरण समेट्न आयोगले निर्दिष्ट ढाँचा तयार पारेको बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न सहरहरूमा आगजनी र तोडफोडबाट देशका विभिन्न ठाउँमा सरकारी एवं व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको थियो । केही स्थानमा सरकारी गाडी र कार्यालयमा आगजनी एवं तोडफोड गरिएको थियो भने निजी सवारीसाधन र पसलहरू पनि त्यसको चपेटमा परेका थिए ।

आयोगका प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यो आयोग घटनाको सम्पूर्ण पृष्ठभूमि, कारण, प्रभाव र परिणामबारे अध्ययन गर्न गठन भएको हो । त्यसैले प्रदर्शनका क्रममा भएको क्षति, त्यसको असर र प्रमाणित विवरण संकलन गर्नु आयोगको पहिलो प्राथमिकता हो ।’ उनका अनुसार आयोगले प्राप्त विवरणका आधारमा क्षतिको यथार्थ तथ्यांक तयार गर्नेछ र त्यसका आधारमा सरकारलाई प्रतिवेदन बुझाउने छ ।

मन्त्रिपरिषद्को बैठकले घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई घटनाको वास्तविकता, प्रदर्शनका कारण र त्यस क्रममा सुरक्षा निकायको भूमिकासमेत अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.