सडकबाट तीन सय मिटर तल खस्यो ट्रक

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २७, सोमबार ११:१४

विराटनगर । धनकुटामा ट्रक दुर्घटना भएको छ । सडकबाट करिब ३०० मिटर ट्रक खस्दा दुई जना गम्भीर घाइते भएका छन्।

धनकुटा नगरपालिका– ९ पाँचगोलाइ भन्ने ठाउँमा सोमबार बिहान २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो ।

ब्रेक फेल भएर ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका– ५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.