
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथीहाईस्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा सोमबार १ जना वृद्धाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्कर दिँदा पैदलयात्री ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो । ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले टयाक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























