मोरङको रतुवामाईबाट पटका बरामद

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २७, सोमबार १८:१८

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ ठाकुरचोकमा भारतबाट अवैध रुपमा ल्याइएको पटका फेला परेको छ । १ लाख ५ हजार रुपैयाँ बराबरका पटका प्रहरीले बरामद गरेको हो ।

भारततर्फबाट नेपालतर्फ साइकलमा लोड गरेर ल्याइँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले पटका फेला पारेको हो । प्रहरीलाई देख्नसाथ ओसारपसारमा संलग्नहरु पटका छाडेर फरार भएका थिए ।

फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अवैध रूपमा भारतबाट नेपालमा पटका, अवैध सामान र उपभोग्य वस्तु ल्याउने कार्य रोक्न सीमा क्षेत्रमा प्रहरीको उपस्थिति मजबुत बनाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.