सर्वाेच्चमा आजबाट रिट निवेदनकाे दर्ता खुला

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार ०६:३९
जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ध्वस्त भएको सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.