सुनसरीको भोक्राहा नरसिंहमा २ पक्षबीच झडप, ९ जना घाइते

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १२:३८

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा मंगलबार राति २ पक्षबीच बढेको विवाद झडपमा परिणत भएको छ । राति ८ः३० बजेतिर भएको झडपमा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा ४ जना महिला, ४ जना पुरुष र १ जना किशोरी छन् । क्यारम बोर्ड खेल्ने विषयलाई लिएर स्थानीयबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम छ । सामान्य अवस्थाका केही उपचारपछि डिस्चार्ज भएका छन् । स्थानीय युवाहरुबीच क्यारम खेल्ने क्रममा सामान्य भनाभनबाट सुरु भएको विवाद झडपमा परिणत भएको हो ।

घटनामा एउटा पक्षका भोक्राहा नरसिंह–१ घर भएका ४२ वर्षीय कासिम मिया, उनकी श्रीमती ४० वर्षीया नजमा खातुन, १४ वर्षीया छोरी गुल अवसना खातुन र ३० वर्षीया अमिमा खातुन घाइते भएका छन् । तीमध्ये कासिम मिया, नजमा खातुन र अमिमा खातुनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

किशोरी गुल अवसना खातुन भने जिल्ला अस्पताल इनरुवामा उपचारपछि डिस्चार्ज भएकी छन् । झडपमा अर्को पक्षका भोक्राहा नरसिंह–२ का ४८ वर्षीय नवाब अली, ५४ वर्षीय मुन्ना अली, १९ वर्षीय तरबेज अली, ३५ वर्षीया सौरा बानो र ३८ वर्षीया नजमुन खातुन घाइते भएका हुन् ।

घाइतेहरु केही डिस्चार्ज भएका छन् । केहीको इनरुवा अस्पतालमा उपचाररत छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.