
विराटनगर । मोरङमा घरनजिकै पोखरीमा १ जना पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार जहदा गाउँपालिका–५ केवरत टोलका ६० वर्षीय सतन महतो बुधबार बिहान मृत फेला परेका हुन् । घरनजिक रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























