विराटनगरबाट धनकुटा गएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १४:१८

विराटनगर । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस आज (बुधबार) दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बराल छन् ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.