
विराटनगर । कार्यसम्पादन मूल्यांकनमा मोरङ जिल्ला सातौं भएको छ । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमास (वैशाखदेखि असारसम्म)को कार्यसम्पादन मूल्यांकनको आधारमा ७७ जिल्ला प्रशासन कार्यालयमध्ये मोरङ जिल्ला ७ औं स्थानमा पुगेको हो ।
शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समन्वय, सेवा प्रवाहलगायतका सूचकहरुको आधारमा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हुन्छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यसम्पादन मूल्यांकनमा अघि मोरङ ५८ औं स्थानमा थियो । चौथो त्रैमासिक अंकका आधारमा मोरङ सातौं भएको उनले बताए ।
मंगलबार गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनको पहिलो नम्बरमा धनकुटा जिल्ला छ । दोस्रो स्थानमा नुवाकोट छ । ३२ पूर्णांकको मूल्यांकनमा पहिलो स्थानको धनकुटाले ३०.०६२५ अंक प्राप्त गरेको छ । मोरङले २९.२५ अंक प्राप्त गरेको छ ।

























