इजरायलमा मारिएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १९:३५

काठमाडौं । इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप बाल्दै शोक व्यक्त गरे । कार्यक्रममा उपस्थित युवाहरूले  ‘विपिन जोशीलाई न्याय गर’ र  ‘निर्दोष नेपालीको हत्या बन्द गर’ भन्ने प्लेकार्ड बोकेका थिए ।

कृषि विषय अध्ययनका लागि  ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा हालै उनको मृत्यु भएको पुष्टि भएको हो ।

दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्‍त परिवारजनमा समवेदना प्रकट गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.