
काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति पुगेको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर आफ्नो काम सञ्चालन गर्ने तयारी गरेको छ।
अदालतलाई प्राधिकरणको भवनमा रहेका केही कोठा प्रयोग गर्न दिने विषयमा आज बिहीबार निर्णय गर्ने तयारी गरिएको छ। बैठकमा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुँदैछिन्।
जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित काठमाडौं जिल्ला अदालत र विशेष अदालत लगायतका भवनमा आगजनी भएको थियो। काठमाडौं जिल्ला अदालत छेउमै रहेको प्राधिकरणको कार्यालयमा पनि आगजनी भएको थियो, तर केही भाग बाँकी रहेकाले सोही भवनबाट अदालतको कामकारबाही सुरु गर्ने तयारी गरिएको हो।

























