निर्वाचन तयारीबारे छलफल गर्न आयोगले राजनीतिक दलहरूलाई बोलायो

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १०:४६

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज (बिहीबार) राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ। छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दललाई छलफलका लागि बोलाइएको छ। आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएका दलहरूलाई पनि पत्र पठाइएको उनले बताए।

प्रवक्ता भट्टराईले आजको छलफलमा आयोगले आफ्नो निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने बताए। उनले भने, “हामीले आज हाम्रो तयारीबारे जानकारी दिने र दलहरूबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने गरी तयारी गरेका छौँ।”

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। यसैबीच, निर्वाचनमा सहभागी हुन चाहने नयाँ दलहरूलाई आयोगले कात्तिक मसान्तअगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न भनेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.