लाइसेन्स छपाइमा ढिलाइ, यातायात विभागको नियमित सेवा छठपछि

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १३:२३

काठमाडौं। जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको यातायात व्यवस्था विभागले छठ पर्वपछि मात्रै नियमित सेवाहरू सञ्चालन गर्ने तयारी गरेको छ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवाहरू दिइरहेको विभागले छठ सकिएलगत्तै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण र नयाँ आवेदन खुला गर्ने योजना बनाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलले नियमित सेवाका लागि आवश्यक मेसिन तथा उपकरणहरूको व्यवस्थापन भइसकेको जानकारी दिएका छन्।

नयाँ लाइसेन्स छपाइमा ढिलाइ

पोखरेलका अनुसार नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु हुने छैन। आगजनीका कारण छपाइ कार्ड र प्रिन्टरमा क्षति पुगेकाले नयाँ खरिद गर्नुपर्ने भएको छ।

महानिर्देशक पोखरेलले भने, ‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ।’ यसको अर्थ, नयाँ लाइसेन्स वितरण हुन अझै केही महिना लाग्ने देखिएको छ।

यसैबीच, विभागको क्षतिग्रस्त भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्सले सहयोग गर्ने भएका छन्। यस्तै, रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.