
विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालक अनिश राईको मृत्यु भएको छ ।
इन्द्रबहादुर राईका छोरा अनिशलाई ओछ्यानमै विषालु सर्पले डसेपछि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा गएराति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























