सुनबर्सीमा नालामा घोप्टो परेको अवस्थामा युवक मृत फेला

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १२:३५
सांकेतिक तस्बिर

विराटनगर । मोरङको सुनबर्सी नगरपालिकामा पानीको नालामा घोप्टो परेको अवस्थामा एक युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज शुक्रबार बिहान करिब सवा सात बजे सुनबर्सी नगरपालिका–८, नेपालचोक स्थित पानीको नालामा एक पुरुष मृत अवस्थामा छन् भन्ने खबर प्राप्त भएको थियो।

इलाका प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित पारेको थियो। उक्त स्थानमा अन्दाजी २६ वर्षका प्रदिप पासवान नालामा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको नेतत्वमा विशेषज्ञ टोली खटिएको छ ।

शव पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको उल्लेख गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.