‘प्रहरीलाई साधनस्रोतयुक्त बनाउन सरकार गम्भीर’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १४:१०

 

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीबिना आउँदो निर्वाचन सम्पन्न गर्न असम्भव रहेको बताएका छन्। उनले निर्वाचनको वातावरण बनाउनका लागि प्रहरीलाई स्रोत, साधन र मनोबलका हिसाबले समृद्ध र शक्तिशाली बनाउनुपर्नेमा जोड दिए।

शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले समाजका हरेक घटनामा प्रहरीले अग्रभागमा रहेर सुरक्षा दिँदै आएको बताए।

गृहमन्त्री अर्यालले प्रहरी अग्रपंक्तिमा खटिएकाले नै जेन-जी आन्दोलनमा उनीहरूमाथि आक्रमण भएको र ठूलो क्षति भएको स्पष्ट पारे। ‘प्रहरी अग्रपंक्तिमा भएका कारण प्रहरीलाई धेरै क्षति पुगेको छ,’ उनले भने, ‘नेपाल प्रहरी र उनीहरूको स्रोत साधन नभए निर्वाचन समेत असम्भव छ।’

गृहमन्त्रीले यस विषयमा सरकार गम्भीर रहेको र प्रहरीलाई आवश्यक स्रोतसाधनका लागि काम गर्ने बताए। उनले जेन-जी प्रदर्शनसँगै बाढीपहिरोमा केही दिनअघि प्रहरीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरे। उनले अबका दिनमा प्रहरीलाई प्रविधिमैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.