
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी नहुने प्रस्ताव गरेका छन् ।
केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने प्रस्ताव गरेका हुन् ।
तर, ओलीको घोषणामा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका छन् । उनीहरुले ओलीको घोषणामा फरक मत राखेपछि बैठक कक्षमा हल्लाखल्ला भएको थियो ।

























