
काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदलीको पूर्वानुमान रहेको छ । सबै प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार आज राति पनि मौसम मुख्यतया सफा नै रहने देखिन्छ ।
आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।
आज पानी पर्ने सम्भावना छैन । उच्चपहाडी भूभागका एकरदुई स्थानमा भने छिटपुट पानी पर्न सक्ने उनले स्पष्ट पारिन् । मंगलबारसम्म मौसम सामान्य रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

























