मलामी बोकेको ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १४:३६
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलाली । मलामी बोकेको ट्याक्टर आज (आइतबार) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका, धोबेनी खोलामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु हो ।

डीएसपी टेकबहादुर जोराका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.