नेपाल प्रहरीको कुकुर पूजा (फोटो फिचर)

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३, सोमबार १७:१२
नेपाल प्रहरीको कुकुर पूजा

काठमाडौं । नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ। सुरक्षामा इमानदारीपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले कार्यालयको प्राङ्गणमा रहेका प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेका थिए ।

कुकुरहरूलाई फूलमाला लगाइएर, तिलक गरिँदै मीठा खानेकुरा खुवाइएको थियो । धार्मिक विश्वास अनुसार, यमराजका दुई पहरेदार कुकुरहरू श्याम र सबललाई खुसी पार्न कुकुर पूजाको परम्परा छ ।

कुकुरले घरको सुरक्षा मात्र होइन, ग्रामीण क्षेत्रमा गोठालाका साथीको भूमिका पनि निर्वाह गर्छ ।

नेपाल प्रहरीका लागि अपराध अनुसन्धानमा कुकुरको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । यही योगदानको कदर स्वरूप आज कुकुर पूजा गर्दै सम्मान गरियो ।

यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर  ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर  ‘टाइगर’ लाई पुरस्कृत समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.