मेचीनगरमा फूल टिप्ने क्रममा हात्तीको आक्रमण, ७४ वर्षीया वृद्धा घाइते

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ४, मंगलबार १०:५२
फाइल तस्बिर

झापा । झापाको मेचीनगर नगरपालिका–६ फायरिङ चोकमा मंगलबार बिहान एक वृद्धा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

आफ्नै घरको अगाडि फूल टिप्ने क्रममा बिहान करिब ५ बजेतिर हात्तीले आक्रमण गर्दा ७४ वर्षीया उसिला राई घाइते भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । जंगलबाट आएको हात्तीले अचानक बस्तीमा प्रवेश गरेर राईमाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि सामान्य प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । थप उपचारका लागि दमकको लाइफलाइन अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते राईको उपचारमा उनका आफन्तहरू संलग्न रहेका छन् । अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घटनापछि हात्ती जंगलतर्फ फर्किएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.