विपिन जोशीको अन्त्येष्टि

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ४, मंगलबार १५:१६

धनगढी । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

महाकाली नदीमा अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका थिए । जोशीप्रति सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली आफन्त र स्थानीय उपस्थित थिए । इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि विपिनको शव सोमबार काठमाडौं ल्याइएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारका प्रतिनिधिलगायतले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सोमबार नै नेपाली सेनाको स्काईट्रकले शवलाई कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उनको निवासमा पुर्याएको थियो ।

हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो । हमासले बन्धक बनाएकै अवस्थामा उनी मारिएका हुन् ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको हो । इजरायलले पठाएको फोरेन्सिक परीक्षण रिपोर्टमा विपिनको मृत्यु टाउकोमा गोली लागेर भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.