
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे गम्भीर चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा विभिन्न दलका प्रतिनिधिले आफ्ना कुरा राखिरहेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले पालैपालो बोल्ने क्रम जारी छ । छलफलका क्रममा निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको उनको दाबी छ ।
दलका प्रतिनिधिहरुले निर्वाचनका लागि सरकारले सुरक्षाको भरपर्दो वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हुने, नहुने संशय र टिप्पणीहरुका बीच प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरुसँग छलफल सुरु गरेकी हुन् ।

























