‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ५, बुधबार ०७:४६

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।

मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ । अग्रिम बुकिङ पनि देखिन थालेको छ । “धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,” निर्देशक सुरेन्द्र पौडेलले भने, “रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।”

‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ । ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ । सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×