नेपाल सम्वत् (न्हू दँया भिन्तुना)का अवसरमा विराटनगरमा मोटरसाइकल र्याली (फोटो फिचर)

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ५, बुधबार १२:४५
नेपाल सम्वत् (न्हू दँया भिन्तुना)का अवसरमा विराटनगरमा मोटरसाइकल र्याली (फोटो फिचर)

विराटनगर । नेपाल सम्वत् ११४६ (न्हू दँया भिन्तुना)का अवसरमा बुधबार बृहत् मोटरसाइकल र्याली निकालिएको छ । आजदेखि नेपाल सम्वत् ११४६ को सुरुवात भएको छ ।

नेपाल भाषा तथा संस्कृति संघ विराटनगरले नेपाल सम्वत् का अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने क्रममा मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।

झी पुचः बाट सुरु भएको र्याली ट्राफिक चोक, रोड शेष चोक, कोशी राजमार्ग, रानी, मिल्स एरिया, बस पार्क, बरगाछी चोक, कञ्चनबारी चोक, ठूला मिल चोक, तीनपैनी हुँदै मेनरोड भएर पुनः झी पुचः मा पुगेर कार्यक्रमको आयोजना समापन भएको थियो ।

नेपाल सम्वत् नेपालको ऐतिहासिक र सांस्कृतिक पात्रो हो । जुन नेपालकै मौलिक सम्वत्का रूपमा मानिन्छ । यो विशेष गरी नेवार समुदायको राष्ट्रिय गौरवको प्रतीकका रूपमा मानिन्छ ।

तर,  अहिले यो सम्पूर्ण नेपालीहरूको साझा सांस्कृतिक सम्पदाको रूपमा सम्मान गरिन थालिएको छ ।

नेपाल सम्वत्को सुरुवात इस्वी सम्वत् (विक्रम सम्वत् ९३६) मा राष्ट्रिय विभूति शंखधर साख्वाले सुरुवात गरेको पाइन्छ ।

शंखधर साख्वाले काठमाडौं उपत्यकाका जनताको ऋण तिरेर सबैलाई ऋणमुक्त गराएपछि नयाँ युगको सुरुवातको घोषणा गरेपछि नेपाल सम्वत्का रूपमा सुरुवात भएको बताइन्छ ।

त्यसै घटनालाई स्मरण गर्दै नेपाल संवत् सुरु गरिएको हो । अझ नेपाल सम्वत्लाई ‘आर्थिक स्वतन्त्रता’को प्रतीक मानिन्छ ।

नेपाल सम्वत् केवल पात्रो होइन, नेपाली राष्ट्रिय पहिचान र गौरवका रूपमा लिन थालिएको छ । नेवार समुदायले नयाँ वर्ष (नेपाल सम्वत् नयाँ वर्ष) ठुलो उत्सवका रूपमा मनाउँछन् । यसलाई ‘म्ह पूजा’ (आफैंलाई पूजा गर्ने परम्परा) पनि भनिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.