सांकेतिक तस्बिरविराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। स्थानीय ३० वर्षीय जगन राजबंशीको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अज्ञात व्यक्तिहरूसँग भएको झैझगडाको क्रममा राजबंशीमाथि कुटपिट हुँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई आफन्तहरूले तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याएका थिए। अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

























