नुम्बुरमा पहिलो पाइला: तीन विदेशी आरोहीद्वारा सफल आरोहण

Share this
827shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ६, बिहीबार ०८:४४

सोलुखुम्बु। सोलुखुम्बुमा अवस्थित ६,९५८ मिटर अग्लो नुम्बुर हिमालमा पहिलो पटक मानव पाइला सफलतापूर्वक पुगेको छ। पर्यटन विभागले आरोहण खुला गरेको एक वर्षपछि यो सफलता मिलेको हो।

सेभेन समिट ट्रेकका तीन विदेशी आरोहीले आइतबार बिहान १०:३० बजे नुम्बुर हिमालको सफल आरोहण गरेका हुन्। सफल आरोहण गर्नेमा इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स, र पोल्याण्डका आडम रहेका छन्। उनीहरूले करिब १५ घण्टा लगाएर हिमाल चढेका थिए।

पर्यटन व्यवसायी फुछिरी शेर्पाका अनुसार यो सफलतासँगै यी तीन आरोहीले नुम्बुर हिमाल आरोहणको इतिहास रचेका छन्। सोलुदुधकुण्ड नगरपालिका-१ मा अवस्थित नुम्बुर हिमाललाई दुधकुण्ड तालको शिर मानिन्छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुर आरोहण सफल भएसँगै यस क्षेत्रको पर्यटनमा नयाँ ढोका खुलेको बताएका छन्।

सफल आरोही टोलीलाई वडाध्यक्ष छोङ्बा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पालगायतले संयुक्त रूपमा स्वागत गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.